ब्राउनसुगरसहित दुई युवक पक्राउ
gorkhapatraonline.com · Wed Jun 03 03:30:49 GMT 2026

प्रहरीले सर्लाहीको बागमती नगरपालिका–८, गान्धीचोकबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई युवकलाई पक्राउ गरेको छ । बागमती नगरपालिका ८ बस्ने ३० वर्षीय अरुण लामा र धनुषाको धनुषाधाम नगरपालिका–७, बस्ने ३० वर्षकै सनम लामा लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)