मुक्तिनाथ र लोमान्थाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल
gorkhapatraonline.com · Wed Jun 03 03:36:02 GMT 2026

गण्डकी प्रदेश सरकारले मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र ऐतिहासिक लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा समुद्र सतहदेखि ३,७१० मिटर उचाइमा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थलका रूपमा परिचित मुक्तिनाथ मन्दिर र लोमान्थाङ गाउँपालिकामा माटोको पर्खालभित्र रहेको १४ औँ शताब्दीको ऐतिहासिक लोमान्थाङ दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रभावकारी पहल गरिने उल्लेख गरिएको छ।
Read full story at source (gorkhapatraonline.com)