मापसे गरेका चालकले हाँकेको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठजना घाइते
kalakarmi.com · Sat Jul 18 08:49:28 GMT 2026

सर्लाही- रौतहटको चन्द्रपुर नगरपालिका-४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन (मापसे) गरेका चालकले चलाएको ट्रकले दुई वटा यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो। ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो ।
Read full story at source (kalakarmi.com)