एसीसी महिला प्रिमियर कपमा नेपालको विजयी सुरुवात
barnanmedia.com · Wed Jun 03 04:08:10 GMT 2026
काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।
कतारले दिएको ७७ रनको लक्ष्य नेपालले १०.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । पूजा महतोले अविजित २८ रन बनाइन् । कप्तान इन्दु बर्मा ६ रनमा अविजित रहिन् ।
Read full story at source (barnanmedia.com)