नेपाली बजारमा भिभोको नयाँ बजेटमैत्री स्मार्टफोन वाई ०५ई सार्वजनिक
ajakoartha.com · Thu Aug 27 10:48:00 GMT 2026

काठमाडौं– भिभोले आफ्नो लोकप्रिय वाई सिरिजमा नयाँ स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ । दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको यो बजेटमैत्री स्मार्टफोनले भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र सहज प्रयोगको अनुभव किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ । भिभो वाई ०५का मुख्य विशेषताहरूलाई निरन्तरता दिँदै वाई ०५ईमा प्रयोगकर्ताको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर थप व्यावहारिक सुधारहरू गरिएको छ।
भिभो वाई ०५ईमा ५,१५० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसले कल, ब्राउजिङ, भिडियो हेर्ने तथा अन्य दैनिक गतिविधिका लागि दिनभर सहज साथ दिन्छ । अत्याधुनिक ब्याट्री प्रविधिको प्रयोग गरिएको यस स्मार्टफोनमा ४ वर्षसम्म ब्याट्री हेल्थ कायम रहने सुविधा प्रदान गरिएको छ, जसले लामो समयसम्म भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्दछ ।
Read full story at source (ajakoartha.com)