साउनभित्रै सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग, गरियो ‘नागढुङ्गा टनेल रन एण्ड वाक’
nepalpress.com · Sat Jul 18 10:37:39 GMT 2026

काठमाडौं । सडक विभाग र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)नेपालको आयोजनामा आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ गरिएको छ । नागढुङ्गा सुरुङमार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले आज दौड तथा पदयात्रा गरिएको हो ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङमार्गको विषयमा सर्वसाधारणलाई आवश्यक जनचेतना अभिवृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ प्रवर्द्धनात्मक कार्यक्रम गरिएको जानकारी दिए । नागढुङ्गा(नौबिसे सुरुङमार्गअन्र्तगत दुई हजार ६८८ मिटर लम्बाइ रहेको छ ।
Read full story at source (nepalpress.com)