१० वर्षीया बालिका करणी अभियोगमा वृद्धा पक्राउ
rajdhanidaily.com · Sat Jul 18 11:06:32 GMT 2026

हेटौडा । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका–७ सुकौरा न्यौपानेटार बस्ने ६८ वर्षीय सिताराम नेपाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सितारामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कैलाली, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका(७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगौरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Read full story at source (rajdhanidaily.com)