एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
ratopati.com · Sat Jul 18 11:33:45 GMT 2026

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलको श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ । नेता पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमती मिरालाई क्यान्सर भएको जानकारी दिएका हुन् ।
उनले मिरालाई के को क्यान्सर भएको हो खुलाएका भने छैनन् । नेता पोखरेलले भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा श्रीमतीको क्यान्सरको उपचार भइरहेको जानकारी दिँदै उपचारमा खटिनुपरेकाले देशभित्रका गतिविधिहरूमा प्रत्यक्ष रूपमा जोडिन नसकेको बताएका छन् ।
Read full story at source (ratopati.com)