नेपाल टेलिकमको फोरजी सेवा मुगुको सोरुकोट र बाजुराका दुई विकट क्षेत्रमा विस्तार
arthadabali.com · Sat Jul 18 12:18:47 GMT 2026

काठमाडौँ / नेपाल टेलिकमले मुगु र बाजुराका अति दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार गरेको छ। कम्पनीले मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुरा जिल्लाको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर–५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
सोरुकोटमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
Read full story at source (arthadabali.com)