एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए शपथ
nepalsamaya.com · Wed Jun 03 07:02:36 GMT 2026

काठमाडौं- एनआईसी एशिया बैंकको सञ्चालक समितिले अशोक कुमार अग्रवाललाई अध्यक्ष पदमा चयन गरेको छ। बैंकको २८औँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएपछि सञ्चालक समितिले सोही दिन अग्रवाललाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।
अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन्। बैंकिङ, वित्तीय, बीमा तथा कर्पोरेट क्षेत्रमा अनुभव रहेका अग्रवालको नेतृत्वमा संस्थागत लक्ष्यहरू हासिल गर्दै जाने बैंकको विश्वास छ।
Read full story at source (nepalsamaya.com)