सरकारले जनहितविपरीत वा त्रुटिपूर्ण निर्णय गरे त्यसलाई सच्याइने; सभापति लामिछाने
barnanmedia.com · Sat Jul 18 12:09:48 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले जनहितविपरीत वा त्रुटिपूर्ण निर्णय गरे त्यसलाई सच्याइने स्पष्ट पार्नुभएको छ। उहाँले पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको नियतमाथि अनावश्यक शङ्का नगर्न आग्रह गर्दै सरकारका निर्णयहरूको उद्देश्य जनताको हित नै रहेको बताउनुभएको हो।
शुक्रवार रौतहटका पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारले धेरै सकारात्मक निर्णय गर्ने क्रममा कहिलेकाहीँ केही कमजोरी हुन सक्ने स्वीकार गर्दै त्यस्ता निर्णय आवश्यक परे सुधार गर्न सकिने बताउनुभयो। सरकारका निर्णयबाट जनतालाई लाभभन्दा हानि पुग्ने अवस्था देखिएमा त्यस्ता निर्णय परिवर्तन गर्न सरकार तयार रहने उहाँको भनाइ छ। “सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्छ। त्यसलाई सच्याउन सकिन्छ। तर नियत खराब हुनुहुँदैन। नियत नै खराब भयो भने त्यसलाई सुधार्ने आधार रहँदैन,” उहाँले भन्नुभयो।
Read full story at source (barnanmedia.com)