पर्वतमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
lokaantar.com

पर्वतको कुश्मा नगरपालिका ९ एकोहोरे पाठास्थित दोबिल्ला-फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर शनिबार अन्दाजी २:३० बजे आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
Read full story at source (lokaantar.com)