द्रुतमार्ग निर्माणमा विलम्ब : नेपाली सेनामाथि उठ्यो प्रश्न
himalpress.com · Wed Jun 03 07:17:47 GMT 2026

काठमाडौँ- नेपाली सेनाले देशको रणनीतिक महत्त्वको आयोजना काठमाडौँ-तराई मधेश द्रुतमार्ग (एक्सप्रेस वे) को निर्माणलाई तीव्रता दिए पनि ललितपुरको खोकना खण्ड प्रमुख चुनौती बनेको छ। यही चुनौतीका कारण द्रुतमार्ग निर्माणमा ढिलाइ भइरहेको छ। सेना संलग्न विकास निर्माणका काममा विलम्ब भएपछि सेनामाथि प्रश्न उठेको हो।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणअनुसार आयोजना ४७.५६ प्रतिशत भौतिक र ४७.४५ प्रतिशत वित्तीय प्रगतिमा पुगेको छ। कुल ७०.९७७ किलोमिटर लम्बाइको यो द्रुतमार्ग एसियन हाइवे डिजाइन स्ट्यान्डर्डअनुसार निर्माण भइरहेको हो।
Read full story at source (himalpress.com)