१५औँ महाधिवेशनको कार्यतालिका ल्याउन कांग्रेस इतर समूहले बोलायो बैठक
ratopati.com · Sat Aug 29 12:12:36 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउन केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सो समूहले भदौ १७ गते केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको हो ।
बैठक सो समूहको सम्पर्क कार्यालय चुनदेवीमा बस्ने भएको छ । बैठकमा १५ औँ महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
Read full story at source (ratopati.com)