पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ
gorkhapatraonline.com · Wed Jun 03 07:55:58 GMT 2026

सुरुङ्गा (झापा), जेठ २० गते । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विर्तामोड नगरपालिका–४ स्थित एक घरबाट पाँच किलो ९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)