ठेकेदारकाे लापरबाहीले ५ वर्ष बित्दासम्म आधा पनि बनेन मेची करिडाेर
nepalpress.com · Sat Jul 18 13:17:21 GMT 2026

इलाम । मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहँदा वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा सडक (मेची करिडोर) निर्माणमा भएको ढिलाइले पूर्वी पहाडका तीन जिल्ला—इलाम, पाँचथर र ताप्लेजुङका नागरिकलाई थप सास्ती दिएको छ ।
राजमार्ग अवरुद्ध हुँदा सहज यात्रा हुने अपेक्षा गरिएको यो सडक वर्षौंदेखि अलपत्रजस्तै बन्दा जनजीवन प्रभावित बनेको हो । मेची राजमार्ग हुँदै झापाको बिर्तामोड पुग्न करिब ८६ किलोमिटर दूरी पार गर्नुपर्छ । तर, केचना–कञ्चनजंघा सडक निर्माण सम्पन्न भएको खण्डमा यही दूरी घटेर करिब ४८ किलोमिटरमा सीमित हुने छ ।
Read full story at source (nepalpress.com)