पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने
khabarhub.com · Sat Aug 29 12:16:43 GMT 2026

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट योगदान गर्ने भएका छन् ।
विश्वविद्यालय कार्यकारी परिषद्को आज बसेको बैठकको निर्णयअनुसार यही भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो निर्णय गरिएको हो ।
Read full story at source (khabarhub.com)