त्रिशुली 'थ्री ए' को सुरुङ संरचनाका कारण फसेका कर्मचारी जीवितै रहनेमा प्राधिकरण आशावादी
baahrakhari.com · Sat Aug 29 12:19:34 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले सुरुङ क्षेत्रको पहिचानमा कठिनाइ हुँदा उद्धारमा समस्या भइरहेको बताएका छन् ।
त्रिशुली थ्री ए को संरचना केही फरक रहेकाले फसेका कर्मचारी जीवितै रहने आशामा प्राधिकरण रहेको श्रेष्ठले बताए । ''त्रिशुली 'थ्री ए'को केसमा अन्डरग्राउन्ड पावर हाउस भएकाले हामीले बढी आशा राखेका हौँ । त्यो संरचना केही भित्र हुन्छ । बाढी आउँदा प्रवेशद्वारतर्फको भाग मात्रै बन्द भएको र भित्र हावा बाँकी हुन सक्ने भएकाले त्यहाँ मानिसहरू जीवित हुन सक्छन्,'' उनले भने ।
Read full story at source (baahrakhari.com)