कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मतिले पारित
ratopati.com · Wed Jun 03 08:36:06 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले दफावार छलफल गरी सो कार्यविधिलाई सर्वसम्मतिले पारित गरेको हो ।
समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्त्वपूर्ण सुझावहरूलाई समेत समेटेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिइन् । उनले यस कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थाहरूलाई समेत समावेश गरिएको स्पष्ट पारिन् ।
Read full story at source (ratopati.com)