नील हिरा समाज द्वारा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ टोली सम्मानित
kalakarmi.com · Wed Jun 03 08:57:04 GMT 2026

काठमाडौं- फ्रान्समा आयोजित कान्स चलचित्र महोत्सव अन्तर्गत ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी पुरस्कार’ जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ का टोली सदस्यहरूलाई बुधवार नील हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तर मेहनत, लगनशीलता र संघर्ष आवश्यक पर्ने बताइन् । उनले एलजीबीटीक्यूए समुदायको अधिकार तथा मानवअधिकारका क्षेत्रमा काम गरेपछि कला क्षेत्रमा प्रवेश गर्दा धेरै चुनौतीहरूको सामना गर्नुपरेको अनुभव सुनाइन् ।
Read full story at source (kalakarmi.com)