१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
nepalnews.com · Sat Jul 18 14:51:50 GMT 2026

चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्। त्यसक्रममा उनले दुवै संस्थाबीच विगत १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता जनाए।
रामपुर कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्पस हो भने कृषि तथा वन विज्ञान विश्वविद्यालय छुट्टै विश्वविद्यालय हो। मन्त्री पोखरेलले दुवै संस्थाको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको अवलोकन गरी क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र सरोकारवालासँग छलफल गरेका थिए।
Read full story at source (nepalnews.com)