कारले दियो चार सवारीसाधनलाई ठक्कर, ११ जना घाइते
baahrakhari.com · Sat Jul 18 15:14:00 GMT 2026

काठमाडौं । कपिलवस्तुमा एउटा कारले चार सवारीसाधनलाई ठक्कर दिँदा ११ जना घाइते भएका छन् । शनिबार (साउन २) शिवराज नगरपालिका–५, सशस्त्र चेकपोस्टनजिक पूर्वपश्चिम राजमार्गमा कारले चार सवारीसाधनलाई ठक्कर दिएको हो ।
बा१४च ९००० नम्बरको कारले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकललाई सुरुमा ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भई कारले लु.प्र.०१–००१ ह ४००५ नम्बरको ई–रिक्सा, लु१ह १९३ नम्बरको अटो र ना५१प ६९९३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)