जनप्रतिनिधिलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना
ratopati.com · Wed Jun 03 10:21:43 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहका दलित जनप्रतिनिधिलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममार्फत यहाँका ७९ स्थानीय तहका जनप्रतिनिधिहरुलाई मानसिक स्वास्थ्य र नसर्ने रोगबारे सचेतना प्रदान गरिएको हो ।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लएचओ)का प्रतिनिधि प्रदीप अधिकारीले नसर्ने रोगबाट विश्व मानव समुदायलाई प्रभावित तुल्याइ रहकाले हरेक देश र नागरिकले यसबारे सजग हुन आवश्यक रहेको बताए ।
Read full story at source (ratopati.com)