प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन नीति बनाइने
baahrakhari.com · Wed Jun 03 10:22:50 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन नीति बनाउने भएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले यसको लागि अन्य स्वास्थ्य संस्थाहरूसँग समेत सहकार्य गर्ने बताएका छन् । प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन निरन्तर नीति तथा कार्यक्रममा समेटिए पनि अहिलेसम्म यो प्रतिक्रिया अगाडि बढ्न सकेको छैन ।
Read full story at source (baahrakhari.com)