भोटेकोशीदेखि नारायणीसम्म उद्धारमा सशस्त्र प्रहरीको ठूलो परिचालन, ९८ शव फेला
bishowkhabar.com · Thu Aug 27 05:52:48 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको भीषण बाढीपछि खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि १ हजार ५०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य बेस स्थापना गरी भत्किएका संरचनामा खोज तथा उद्धार गर्न दक्ष जनशक्ति र गोताखोर तालिमप्राप्त टोली परिचालन गरेको जनाएको छ। टोलीले बाढीबाट प्रभावित विभिन्न संरचना, जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको छ।
Read full story at source (bishowkhabar.com)