दाङका उदाहरणीय कृषक भीमकान्त भन्छन्– कृषिमा युवालाई आकर्षिक गर्नुपर्छ
deshsanchar.com · Fri Mar 21 17:15:12 GMT 2025

दाङ – घोराही उपमहानगरपालिका–१७ बाउन डाँडाका ६२ वर्षीय भिमकान्त चापागाई गोलभेँडा खेती गरी आर्थिक रूपमा सक्षम र सफल बनेका छन्। उनले पाँच विगाहा जमिनमा गोलभेँडा खेती गरी वार्षिक रूपमा १० देखि १२ लाख रूपैयाँ बचत गर्न सकेको बताए।
व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रूपमा चिनिन सफल हुनुहुन्छ चापागाई। उनको गोलभेँडा खेती यो क्षेत्रकै नमूना पनि बनेको छ, जसले उपभोक्ता मात्र होइन देख्नेजति सबैलाई लोभ्याउने गर्दछ। उनको बारीमा अहिले लटरम्म फलेका गोलभेँडा कतै पाकेका छन्, केही पाक्ने तयारीमा छन्।
Read full story at source (deshsanchar.com)