राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ
ajakoartha.com · Wed Jun 03 10:56:00 GMT 2026

काठमाडौं- काठमाडौंबाट हात्तीको दाह्रासहित प्रहरीले ५ जना पक्राउ परेका छन् । मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाण्डु २५ वर्षीय राजिव महर्जन, २६ वर्षीय टेकप्रसाद गुरुङ, २७ वर्षीय आयुष महर्जन, २४ वर्षीय पुरन बोहरा र २० वर्षीय सन्तबहादुर भुजेल छन् । सूचना पाएपछि प्रहरीले छापा मारेर महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा २ वटा हात्तीको दाह्रा बरामद गरिएको थियो ।
Read full story at source (ajakoartha.com)