लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए सामुहिक राजीनामा, अब को बन्दै छन् ?
annapurnapost.com · Wed Jun 03 10:51:36 GMT 2026

दाङ : लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन्र । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् ।
कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकै पटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएको छ ।
Read full story at source (annapurnapost.com)