परिसंघले भन्यो : अर्थतन्त्रलाई नयाँ दिशा दिने बजेट, औद्योगिक प्रबर्द्धन प्राथमिकता
onlinekhabar.com · Wed Jun 03 11:24:58 GMT 2026

२० जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ । औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर बजेट ल्याइएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार गर्ने परिसंघको भनाइ छ ।
उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थको भन्सारमा एक तह फरक गर्न २७३ वस्तुको भन्सार घटाउने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने र औद्योगिकरणको गतिलाई तीव्रता दिन सहयोग गर्ने परिसंघको बुझाइ छ । ३६० वटा वस्तुमा अन्तःशुल्क खारेजीले उत्पादन लागत कम गर्न सहयोग गर्ने परिसंघले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)