युद्वविराम वार्ताको निरन्तरताको बावजुत लेबनानमा इजरायली आक्रमण जारी
gorkhapatraonline.com · Wed Jun 03 11:55:27 GMT 2026

इजरायलले लेबनानमा बुधवार पनि आक्रमण गरेको बताएको छ भने चिकित्सा स्रोतलाई उदृत गर्दै एएफपीले आक्रमणमा छ जनाको ज्यान गएको पुष्टि गरेको छ । यसैबिच, इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको लडाँकु विमानलाई रोकेको बताएको छ ।
इजरायली अधिकारीले हेजबुल्लाहले उत्तरमा इजरायली समुदायलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गर्दै प्रतिक्रीयामा इजरायी सेनाले बेरुतको दक्षिणी उपनगरमा आक्रमण गर्ने चेतावनी दिएका छन् । उता लडाकु समुह हेजबुल्लाहले भने तत्काल उत्तरी इजरायलमा कुनै पनि आक्रमण गरेकोे दाबी गरेको छैन ।
Read full story at source (gorkhapatraonline.com)