जापानको राहत कोष
gorkhapatraonline.com · Wed Jun 03 12:03:41 GMT 2026

इरान युद्धका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिएको अस्थिरता र त्यसबाट बढ्दो दैनिक जीवनयापन खर्चको दबाब कम गर्न जापान सरकारले ठूलो राहत प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले बुधबार करिब १९ अर्ब डलर बराबरको अतिरिक्त खर्च स्वीकृत गर्दै जापानी घरपरिवारलाई प्रत्यक्ष राहत दिने निर्णय गरेको हो ।
सरकारी अधिकारीहरूका अनुसार यो निर्णय मुख्यरूपमा पेट्रोल, बिजुली र ग्यासको मूल्यवृद्धिबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले अघि सारिएको हो । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी तथा प्रधानमन्त्री ताकाइचीका सहयोगीको बहुमत रहेको व्यवस्थापिकामा यो बजेट छिट्टै पारित हुने अपेक्षा गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)