राजेन्द्र लिङदेन अध्यक्षमा असफल हुनुभयो, अब मार्ग प्रशस्त गर्नुपर्छ: ज्ञानेन्द्र शाही
nepalpress.com · Wed Jun 03 12:07:49 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजनको डिलमा पुग्दा अध्यक्ष राजेन्द्र लिङदेनमाथि बहिर्गमनको दबाब पर्न थालेको छ । पार्टीको संसदीय दलका नेता तथा एक मात्र प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्र शाही ले अध्यक्षबाट लिङदेनले मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन् ।
शाहीले आज फेसबुकमा आक्रामक स्टाटस लेख्दै पार्टीलाई विभाजनतिर धकेलेकोमा दुवै पक्षमाथि दोषारोपण गरेका थिए । यसै सन्दर्भमा नेपाल प्रेससँग थप कुराकानी गर्दै उनले लिङदेनलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् । राप्रपाको नेतृत्वमा पनि अब पुस्तान्तरण हुनुपर्ने उनको धारणा छ ।
Read full story at source (nepalpress.com)