भोटेकोशी नदीमा हराएका कैलालीका १९ जना सम्पर्कमा
gorkhapatraonline.com · Sat Aug 29 12:40:44 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण सम्पर्कविहीन भएका कैलालीका १९ जना सम्पर्कमा आइसकेका छन् । बाढीका कारण केही दिनदेखि सम्पर्कविहीन भएका जिल्लाका ८२ जना मध्ये १९ जना सम्पर्कमा आइ उद्धार भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिनुभयो ।
६३ जना अझै सम्पर्कविहीन रहनुभएको उहाँले बताउनुभयो । कार्यालयले कोही कतै थप सम्पर्कविहीन वा सम्पर्कमा आउनुभएको भए सोको विवरण यस कार्यालयको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र ०९१-५१७०५ वा १२३४ मा वा नजिकको प्रहरी कार्यालयमा सूचना वा जानकारी गराइदिन हुन अनुरोध गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)