महोत्तरीमा धान उत्पादन बढ्यो
deshsanchar.com · Sun Jan 12 17:45:40 GMT 2025

जलेश्वर – महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो।
यस वर्ष कुल ४२ हजार पाँच सय हेक्टरमा गरिएको धानखेतीमा एक लाख ५९ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको हो। जुन गतवर्षको तुलनामा ३० दशमलव दुई प्रतिशतले बढी हो। गतवर्ष ३९ हजार आठ सय ७० हेक्टरमा धानखेती गरिँदा एक लाख २२ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको थियो।
Read full story at source (deshsanchar.com)