टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित
arthasansar.com · Sat Aug 29 12:48:59 GMT 2026
अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत भिक्टोरिया सिए–११ सँग नेपाल एक विकेटले पराजित भएको छ । शनिबार सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३ रनको लक्ष्य भिक्टोरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि टम रोजर्सले २१ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रन बनाए । नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र युवराज खत्रीले २/२ तथा आकाश चन्दले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले सानदार पारी खेले । उनले ५६ बलमा छ चौका र पाँच छक्कासहित अविजित ९० रनको पारी खेलेका हुन् । जारी प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतकीय इनिङ हो ।
Read full story at source (arthasansar.com)