डीएभी र सैनिक आवासीय यू-१६ क्रिकेटको सेमिफाइनलमा
onlinekhabar.com · Sat Jun 06 13:38:03 GMT 2026
२३ जेठ, काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती स्कुल र सैनिक आवासीय महाविद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डीएभीले केएमसी स्कुललाई ९४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।
Read full story at source (onlinekhabar.com)