चोइटिँदै राप्रपा- यी नेताले दिँदैछन् धवललाई साथ
nepalpress.com · Wed Jun 03 14:25:04 GMT 2026

काठमाडौं । देशको प्रमुख राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) औपचारिक विभाजनतर्फ लम्किएको छ । पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा भोलि केही नेताहरूले सामूहिक राजीनामाको घोषणा गर्ने तयारी गरेका छन् ।
करिब डेढ वर्षदेखि चलिरहेको अन्तसंघर्ष अन्ततः विभाजनमा टुंगिन लागेको हो । राप्रपा संस्थापनले भने यसलाई विभाजन नभनेर केही नेताहरूले पार्टी छोड्न लागेको अर्थमा लिइरहेको छ । अहिलेसम्मको स्थितिमा धवलले पार्टीको सानो हिस्सा मात्रै आफूसित लैजान सक्ने देखिन्छ । राप्रपाका अधिकांश चर्चित नेताहरूले पार्टी त्यागको मनसाय बनाएका छैनन् ।
Read full story at source (nepalpress.com)