राष्ट्र बैंकले सातै प्रदेशका प्रहरीलाई सम्पत्ति शुद्धीकरणबारे तालीम दिन थाल्यो, खैरोसूचीबाट बाहिर निस्कन सघाउने
clickmandu.com · Wed Jun 03 14:30:59 GMT 2026

विराटनगर । नेपाल राष्ट्र बैंकले सातै प्रदेशका प्रहरीलाई ‘सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य र आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी’ सम्बन्धी विशेष अनुशिक्षण तालिम दिन सुरु गरेको छ । सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्ने अधिकारीको क्षमता अभिवृद्धि गर्न केन्द्रीय बैंकले नेपाल प्रहरीसँग मिलेर यो कामको सुरूवात गरेको हो ।
खासगरी नेपाल एफएटीएफको खैरोसूचीमा परेपछि यसबाट निस्कने प्रयासमा बल पुर्याउन प्रहरीको क्षमता विस्तार गर्नुपर्नेछ । तालिममा सहभागी प्रशिक्षार्थीले सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आम विनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण पाउनेछन् । वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ ।
Read full story at source (clickmandu.com)