भोटेकोशी बाढी : उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन
aarthiknews.com

काठमाडौं । नेपाल आयल निगमले भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएका हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पठाएको छ।
निगमले भदौ १० गतेदेखि नियमित रूपमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा हवाई इन्धन उपलब्ध गराउँदै आएको जनाएको छ। सोही स्थानबाट उद्धारमा खटिएका हेलिकप्टरमा इन्धन भर्ने व्यवस्था मिलाइएको छ।
Read full story at source (aarthiknews.com)