छात्रवृत्ति छनोट परीक्षा : ३३१ विद्यार्थीले दिए पुनर्योग गर्न निवेदन
nepalnews.com · Wed Jun 03 15:35:58 GMT 2026

काठमाडौँ। छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ विद्यार्थीले पुनर्योग गर्न र ९६ विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन्।
ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यताक्रम प्रकाशन हुने कामपा शिक्षा विभागले जानकारी दिएको छ। कामपा शिक्षा विभागले १७ गते सम्पन्न परीक्षाको १८ गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो।
Read full story at source (nepalnews.com)