वैदेशिक रोजगार व्यवसायी संघमा मध्यावधि चुनावको चटारो
arthasansar.com

नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा विशेष परिस्थिति सिर्जना भएको छ । चुनावबाट आएको नेतृत्वले विचैमा राजीनामा दिए पछि अहिले संघ विशेष साधारणसभा तथा महाधिवेशनको चयारीमा जुट्नु परेको हो । संघका निर्वाचित पदाधिकारीमध्ये दुई तिहाइभन्दा बढीले सामूहिक राजीनामा दिएपछि उत्पन्न विवादलाई निकास दिन संघले आगामी जेठ २४ गते विशेष साधारणसभा तथा निर्वाचन गर्न लागेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि संघको विधानको दफा २६ (४) (ख) बमोजिम सल्लाहकारहरूको रोहवरमा गठन गरिएको प्रबन्ध समितिले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । संघको विधानमा दुई तिहाइ पदाधिकारीले राजिनामा दिएको खण्डमा विशेष साधारणसभा प्रयोजनका लागि प्रबन्ध समिति बन्ने र त्यसले २१ दिन भित्र निर्वाचन गराउनु पर्ने व्यवस्था रहेको छ । सोही अनुसार निर्वाचनलाई अघि बढाइएको निर्वतमान अध्यक्ष तथा प्रबन्ध समितिका सदस्य राजेन्द्र भण्डारीले जानकारी दिए ।
Read full story at source (arthasansar.com)