एक सय ६१ टावर पुनः सञ्चालनमा
gorkhapatraonline.com · Sat Aug 29 13:04:00 GMT 2026

सूचना तथा सञ्चार मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा शनिबारसम्म दूरसञ्चार सेवाका एक सय ६१ टावर पुनः सञ्चालनमा आएको जनाएको छ । जसमध्ये नेपाल टेलिकमका एक सय २० र एनसेलका ७८ टावर रहेका छन् । रसुवामा २६ मध्ये १३, नुवाकोटमा ७६ मध्ये ५८ र धादिङमा ९६ मध्ये ९० वटा टावर सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालनका लागि प्राविधि टोली निरन्तर खटिएका छन् ।
Read full story at source (gorkhapatraonline.com)