बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
ratopati.com · Sat Jul 18 21:38:34 GMT 2026
काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि भइरहेको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सविरुद्ध आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै तेस्रो गोल थपेको छ । खेलको ३७ औँ मिनेटमा गोल गर्दै इङ्गल्याण्डले ३–० को विशाल अग्रता लिएको हो ।
इङ्गल्याण्डका जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साकाले खेलको ३७ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई तेस्रो सफलता दिलाएका हुन् ।
Read full story at source (ratopati.com)