मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
ratopati.com · Sat Jul 18 21:51:43 GMT 2026
काठमाडाैँ । मियामीमा जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) को भिडन्तमा पहिलो हाफको खेल सकिएको छ। पहिलो हाफको खेल सकिँदा इङ्गल्याण्डले फ्रान्सविरुद्ध ४–० को विशाल र एकपक्षीय अग्रता लिन सफल भएको छ ।
खेल सुरु भएसँगै मैदानमा निकै आक्रामक रूपमा प्रस्तुत भएको इङ्गल्याण्डका लागि खेलको तेस्रो मिनेटमै मिडफिल्डर डिक्लान राइसले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको १८ औँ मिनेटमा राइसकै पासमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गर्दै इङ्गल्याण्डको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको अन्तिम चरणमा बुकायो साकाले व्यक्तिगत दुई गोल थपेपछि इङ्गल्याण्ड निकै बलियो स्थितिमा पुगेको हो। साकाले खेलको ३७ औँ र ४५ औँ मिनेटमा लगातार गोल गर्दै पहिलो हाफमै स्कोरलाइन ४–० पुर्याए ।
Read full story at source (ratopati.com)