मस्र्याङ्दीका स्थानीयलाई मासिक ५० युनिट निःशुल्क बिजुली
aarthiknews.com

लमजुङ। सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मस्र्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।
मस्र्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो । मस्र्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
Read full story at source (aarthiknews.com)