भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते
nepalnews.com · Wed Jun 03 17:06:05 GMT 2026

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका-८ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली भिमान नगरपालिका-१० घर भई हाल काठमाडौँ सिनामंगल बस्ने २६ वर्षीय हेमबहादुर नेपाली र भोजपुर दिङ्ला नगरपालिका-२ घर भई हाल सिनामंगल बस्ने ३२ वर्षीय विजय राई रहेका छन्।
उनीहरूको भक्तपुर अस्पताल दुधपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला परहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए।
Read full story at source (nepalnews.com)