मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
ratopati.com · Sat Jul 18 22:41:38 GMT 2026
काठमाडाैँ । मियामीमा इङ्गल्याण्ड विरुद्ध जारी तेस्रो स्थान (कांस्य पदक) को प्रतिस्पर्धामा २७ वर्षीय फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पेले दुई वटा ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखेका छन् ।
खेलको दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत दुई गोल थपेपछि एम्बाप्पे फिफा विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्नुका साथै जारी विश्वकप २०२६ को गोल्डेन बुटको दौडमा पनि स्पष्ट अग्रता लिन सफल भएका छन् ।
Read full story at source (ratopati.com)