मनसुनजन्य विपद्को पूर्वतयारी : आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
nagariknews.nagariknetwork.com · Sun Jul 19 00:53:52 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र र्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने तयारी गरेको छ।
विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्वसम्झौताबमोजिम हेलि, ड्रोन र र्याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागको हो। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै २१ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्वतयारीलाई सुदृढ बनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)