कालो केशमा रातो सचिका बाँधेर विश्वभर प्रेमपत्र बटुल्दै कोकोभान
pahilopost.com · Sun Jul 16 04:35:59 UTC 2023

कालो केशमा रातो सचिका (रातो धागो) बाँधेर। सेतो स्वीटरमा ‘लभ साइन’ टाँसेर। ट्याटु खोपिएको हातमा लामा चार्ट पेपर बोकेर। हो, यसरी नै कयौं दिन प्रेमपत्र बटुल्दै पाटनका गल्लीहरुमा घुमेर बिताइन् कोकोभानले। यात्रा पाटनमा मात्रै सीमित भएन उनको। यही पहिरनमा फरक परिवेश बुझ्न काठमाडौंदेखि दुरको डोल्पासम्म पुगिन्।
किर्गिस्तानपछि काठमाडौं आउँदा नेपाल तिहारमा झुमिरहेको थियो। उनी पनि झिलिमिलि बत्तीको पर्वसँगै घुलिन यतै। पाटनमा दुई महिनाको बसाइका क्रममा उनले पसलमा रातो धागो बेच्न राखिरहेको देखिन्। पहिलादेखि नै चुल्ठो बनाउन रहर थियो उनलाई। पसलकी साहुनीले कोकोभानलाई कपालमा सचिका बाँध्न सिकाइन्। राम्रो लाग्यो उनलाई। अनि त्यो ‘लुक’लाई निरन्तरता दिइन्।
Read full story at source (pahilopost.com)