सरोगेसी विवाद : जर्मन राजनीतिज्ञ स्पानले दिए राजीनामा
annapurnapost.com · Sun Jul 19 01:43:00 GMT 2026

बर्लिन (बीबीसी): जर्मनीका मध्य–दक्षिणपन्थी राजनीतिज्ञ जेन्स स्पानले सत्तारूढ गठबन्धनको संसदीय दलको नेता पदबाट राजीनामा दिएका छन्। अमेरिकामा सरोगेट आमा (सेरोगेसी) मार्फत सन्तान जन्माएको विषयमा ‘दोहोरो चरित्र’ देखाएको आरोप लागेपछि उनले राजीनामा दिएका हुन्।
जर्मनीमा सरोगेसी पूर्णरूपमा प्रतिबन्धित छ। स्पान आबद्ध क्रिस्टियन डेमोक्र्याट पार्टी (सीडीयू) र स्वयं स्पानले विगतमा यो नीतिको वकालत गर्दै आएका थिए। यद्यपि, विदेशमा सरोगेट आमाबाट जन्मेको बच्चालाई जर्मनीमा ल्याएर हुर्काउनु भने गैरकानुनी मानिँदैन।
Read full story at source (annapurnapost.com)